काठमाडाैं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले काेराेना भाइरस हावाबाट सर्ने प्रमाणलाई स्वीकार गरेको छ। यसअघि विश्वका ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले हावामा फैलने कोरोना भाइरसले पनि मानिसलाई संक्रमित बनाउन सक्ने भन्दै यससँग सम्बन्धित आफ्ना निर्देशनलाई संशोधन गर्न डब्लुएचओलाई आग्रह गरेका थिए।
कम हावा भएकाे भिडभाड ठाउँ र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंका अस्विकार गर्न नसकिने डब्लुएचओले जनाएको छ। डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवका अनुसार हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन मै रहेको र केहि प्रमाण भने भेटिएको छ। डब्लुएचओले यस बारेमा अझै विस्तृत अध्ययन भइरहेकाे जनाएकाे छ।
डब्लुएचओले कोरोना भाइरस मुख्य रुपमा हाँछ्यु गर्दा या बोल्दा मुखबाट निस्कने स–साना ड्रपलेटबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने बताउँदै आएकाे छ भने ती वैज्ञानिकहरुले हाँछ्यु गरेपछि निस्कने ड्रपलेट हावामा जति टाढासम्म जान सक्छ, तिनमा भएका भाइरसले मानिसलाई संक्रमित बनाउनसक्ने दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।