एजेन्सी– विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ कराेड १७ लाख नाघेकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार ९ सय ५३ पुगेकाे छ। काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ४२ हजार ४ सय ६३ पुगेकाे छ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा २९ लाख ९१ हजार ३ सय ५१ संक्रमित पुगेका छन् भने १ लाख ३१ हजार २ सय ६८ जनाको मृत्यु भइसकेको छ। यस्तै, ब्राजिलमा १६ लाख ६८ हजार ५ सय ८९ जना संक्रमित छन् भने ६६ हजार ७ सय ४१ जनाकाे मृत्यु भएकाे छ।
भारतमा ७ लाख १९ हजार ६ सय ६४ जनामा संक्रमण देखिएकाे छ भने २० हजार १ सय ५९ जनाकाे मृत्यु भएकाे छ। विश्वभर कोरोना निको हुनेको संख्या ६४ लाख १० हजार ७ सय ५१ रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।