• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौंमा उपत्यकामा कोरोना संक्रमित बढेसँगै भरिए अस्पताल‚ कति छन् आइसोलेसन बेड?

कमला गुरूङ मंगलबार, असार २३, २०७७  २१:१२
1140x725

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्याले १६ हजार नाघेको छ। पछिल्लो तथ्यांक हेर्ने हो भने देशभर संक्रमितको संख्या केही घट्दो छ। त्यसको ठिक विपरित काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या बढ्दो छ। 

मंगलबार देशभर २ सय ४ जना संक्रमित भेटिए। जसमध्ये २८ जना काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितहरु हुन्। काठमाडौंमा १४ जना, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। 

यसअघि सोमबार मात्रै काठमाडौं उपत्यकामा ५४ जनामा संक्रमण पुष्टि भएको थियो। आइतबार पनि काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित भेटिएका थिए। यसले पनि काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएको प्रष्ट पार्छ र दैनिक संक्रमित भेटिन थालेको पुष्टि गर्छ। 

हालसम्म काठमाडौं उपत्यकामा मात्र २ सय ६७ जना संक्रमित भेटिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ७५, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जना संक्रमित छन्। यी संक्रमितहरुको हाल उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्या पनि भरिँदै गएको छ। 

काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा सबैभन्दा धेरै संक्रमित उपचाररत छन्। कोरोना संक्रमितको उपचार हुने पाटन अस्पताल, काठमाडौं मेडिकल कलेज (केएमसी), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र त्रिवि शिक्षण अस्पतालमा हाल कति संक्रमित उपचाररत छन्, कति डिस्चार्ज भए र ती अस्पतालमा कति क्षमता छ? लगायत विषयमा यी अस्पतालहरुसँग हामीले बुझेका छौं। 

नेपाल एपिएफ अस्पताल 
काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा हाल ९३ जना संक्रमित उपचाररत छन्। १० जना शंकास्पद बिरामी पनि उपचाररत रहेको अस्पतालले जनाएको छ। 

अस्पतालबाट हालसम्म ६२ जना उपचारपछि डिस्जार्च भइसकेका छन्। अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १ सय २० शय्याको आइसोलेसन छुट्याएको छ। गम्भीर खालका संक्रमितका लागि २० वटा आइसियु शय्याको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। १ सय २० आइसोलेसन शय्यामध्ये ९३ संक्रमित उपचाररत रहँदा २७ शय्या खाली छ। 

nimb
nimb
Ncell 2
Ncell 2

पाटन अस्पताल
पाटन अस्पतालमा हालसम्म ८ सय ११ जना शंकास्पद बिरामी उपचारका लागि अस्पताल पुगेका छन्। जसमध्ये ९७ जनामा कोरोना पुष्टि भई भर्ना भएको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिए। 

कुल ९७ जना संक्रमित मध्ये ४७ जना उपचाररत छन्। बाँकी ५० जना उपचारपछि डिस्चार्ज भएको डा शर्माले जानकारी दिए। अस्पतालले कोरोना संक्रमितको उपचारका लागि ४५ शय्या, १५ वटा आइसोलेसन, २१ वटा आइसियु र १४ वटा भेन्टिलेटर सहितको शय्याको व्यवस्था गरेको छ। 

काठमाडौं मेडिकल कलेज (केएमसी) 
काठमाडौं मेडिकल कलेजले कोरोना पुष्टि भएका संक्रमितलाई दुवाकोटमा रहेको कोभिड अस्पताल उपचार गर्दै आएको छ। हालसम्म ४३ जना संक्रमित भर्ना भएको अस्पतालकी प्राचार्य डा चन्दा कार्कीले जानकारी दिइन्। जसमध्ये सिनामंगलमा रहेको अस्पतालमा ८ र दुवाकोटमा ३५ जना संक्रमित भर्ना भएका छन्। 

कुल संक्रमितमध्ये हालसम्म १५ जनालाई यस अस्पतालले निको बनाएर घर पठाइसकेको छ। हाल २८ जना संक्रमित उपचाररत छन्। 

संक्रमितको उपचारका लागि केएमसीले १ सय २२ शय्याको कोभिड वार्डको व्यवस्था गरेको डा कार्कीले जानकारी दिइन्। जसमध्ये १० आइसियु र २ वटा भेन्टिलेटर छन्। 

सिनामंगलमा शंकास्पद बिरामीलाई राख्नका लागि ५७ वटा प्रि–आइसोलेसन वार्डको समेत व्यवस्था गरेको छ। यस अस्पतालले कोरोना संक्रमितसँगै अन्य बिरामीको उपचारका लागि थप सतर्कता अपनाएको डा कार्कीले बताइन्। 

यस अन्तर्गत अस्पतालले शंकास्पद बिरामीको शल्यक्रियाका लागि छुट्टै अपरेशन थिएटरको व्यवस्था गरेको छ। प्रसूति सेवाका लागि भने तीन ठाउँमा व्यवस्था गरेको अस्पतालले जनाएको छ। जसमा जेनरल, शकांस्पद र संक्रमित महिलाको प्रसूतिका लागि तीन ठाउँको व्यवस्था गरेको हो। 

तीन महिनाको अवधिमा यस अस्पतालबाट २ लाख ४ हजार ८ सय ९९ जनाले ओपिडी लिएका छन्। ६ सय ९२ जनाको शल्यक्रिया गरेको छ भने ४ सय ९८ जना सुत्केरी भएका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले शुक्रराज अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको छ। 

अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाका अनुसार यस अस्पतालमा हालसम्म ७५ जना कोरोना संक्रमित भर्ना भएका छन्। जसमध्ये ५२ जना डिस्चार्ज भएका छन्। बाँकी २३ जनाको उपचारमा यस अस्पताल र यहाँका स्वास्थ्यकर्मीहरु दिनरात खटिरहेका छन्। 

अस्पतालले कोरोना संक्रमितको उपचारका लागि ३४ आइसोलेसन शय्या, २० आइसियु र ९ वटा भेन्टिलेटरको व्यवस्था गरेको छ। कुल संक्रमितमध्ये ३३ प्रतिशतमा मात्र हल्का खालको लक्षण देखिएको डा बास्तोलाले जानकारी दिए। हालसम्म कुनै पनि संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु नपरेको उनले बताए। 

त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हाल ९ जना संक्रमित उपचाररत छन्। हालसम्म यस अस्पतालमा २१ जना संक्रमित भर्ना भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए। 

त्रिवि शिक्षण अस्पतालले २६ आइसोलेसन वार्डको व्यवस्था गरेको छ। जसमध्ये १३ आइसोलेसन शय्या संक्रमित र १३ आइसोलेसन शय्या शंकास्पदका लागि भनी छुट्याएको डा दासले बताए।

यस्तै, ५ आइसियु शय्या संक्रमित र ४ आइसियु शंकास्पदका लागि भनी अस्पतालले आइसियुको व्यवस्था गरेको छ। ९ वटा भेन्टिलर छुट्याएको छ। अस्पतालले कोभिड इमरजेन्सीका लागि भन्दै छुट्टै १६ शय्याको पनि व्यवस्था गरेको डा दासले जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्