काठमाडौं- उपत्यकाका तीन जिल्लामा हालसम्म २७६ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १४ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना संक्रमित देखिएका हुन्।
हालसम्म उपत्यकाका काठमाडौंमा १७५ जना, ललितपुरमा ४९ र भक्तपुरमा ४३ जना संक्रमित भएका छन्। याेसँगै उपत्यकामा तीन जिल्लामा हालसम्म २७६ जनामा कोरोना संक्रमण देखिएकाे हाे।
पछिल्लो २४ घण्टामा देशभर २०४ जना संक्रमित थपिएका छन्। यो संगै देशभर कूल संक्रमितको संख्या १६ हजार१ सय ६८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।