काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन १० हजार कोरोना परीक्षण गरिने दाबी गरेपनि उक्त लक्ष्य पुरा गर्न सकेको छैन।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दैनिक १० हजार परीक्षण गरिने दाबी गरेका थिए। मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार अधिकतम ६ हजार १ सय ३३ जनामा कोरोनन परीक्षण गरिएको छ। असार १९ गतेदेखि २३ गतेसम्मको तथ्यांकअनुसार दैनिक संक्रमितको संख्या घटिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
१९ गते ७ सय ४० जनामा देखिएकोमा २३ गते २ सय ४ जनामा मात्र कोरोना पोजेटिभ देखिएको र अब यो संख्या बिस्तारै कम हुने उनले बताए।
दिनहुँ संक्रमित हुनेको संख्या घटेको देखिएकाले अब संक्रमण कम हुँदै गएको अनुमान गौतमको छ।
आइसोलेनमा रहेका मानिसहरूको संख्या पनि घटिरहेको मन्त्रालयले जनाएको छ। १९ गते आइसोलेसनमा ९ हजार ८४ जना थिए भने अहिले ८ हजार ६ सय ३४ जना रहेको डा गौतमले बताए। दैनिक यो क्रम घटिरहेको दाबी डा गौतमले गरे।
उनले चारवटा जिल्ला अहिले कोरोनामुक्त भएको जानकारी दिए। ७७ जिल्लामै पुगेको कोरोना संक्रमण घटेर अहिले ७३ जिल्लामा आएको उनले बताए। अहिले तेह्रथुम,भोजपुर, सोलु र हुम्ला कोरोनामुक्त भएका छन्।
कोरोना परीक्षण रिर्पोट
गते | कूल संक्रमित | परीक्षण | पोजेटिभ | प्रतिशत |
१९ | १५२५९ | ४४८३ | ७४० | १६.५ |
२० | १५४९१ | ४०५० | २३२ | ५.७ |
२१ | १५७८४ | ४७१० | २९३ | ६.२ |
२२ | १५९६४ | ४७०० | १८० | ३.८ |
२३ | १६१६८ | ६१३३ | २०४ | ३.३ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।