काठमाडौं– कीर्तिपुर शहरले नयाँ ब्रान्ड 'सिटी अन द हिल'को ब्रान्ड लोगो एक कार्यक्रमका बीच अनावरण गरेको छ। कीर्तिपुरमा आयोजित ब्रान्ड इन्डोरसेन्ट कार्यक्रममा ब्रान्डको लोगो अनावरण गरिएको थियो। यससँगै यो शहर नेपालका पहिलो औपचारिक ब्रान्डिङ भएको शहर बनेको छ।
कार्यक्रममा ब्रान्ड विवरण, लोगो र अभियानहरू लगायतका विषयमा विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्दै मेयर रमेश महर्जनले महामारीको कारण यस्तो ऐतिहासिक उपलब्धि सार्वजनिक गर्न नसकिइएको बताउँदै कीर्तिपुरले महामारीपछि भने आफूलाई पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसै अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कीर्तिपुरको खाना, उत्सव, संस्कृतिमा छुट्टै विशेषता रहेको बताउँदै कीर्तिपुर शहरलाई आन्तरिक र बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। शहर ब्राण्डिङ्गले विगतमा पर्यटन व्यवसायलाई विभिन्न सङ्कटबाट उकास्न मद्दत पुर्याएको बताउँदै उनले कीर्तिपुरलाई पनि यस नयाँ ब्राण्डिङले आन्तरिक र विदेशी पर्यटकहरूमाझ स्थापना गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।