काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेट सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच ‘वान टु वान’ वार्ता भएको थियो। 
पार्टीे विवाद टुंग्याउन दुवै अध्यक्ष एकल वार्तामा बसेका थिए। सोमबार दुई अध्यक्षबीच भएको छलफलमा ‘वान टु वान’ वार्तामार्फत् विवादित विषयको टुंगो लगाउने सहमति बनेको थियो। स्थायी कमिटीको बैठक बुधबार पुनः बस्दै छ। 
ओली इतरसमूहले प्रधानमन्त्री  र अध्यक्ष पदबाट दुवैबाट हट्न ओलीलाई दबाब दिइरहेका छन् भने ओली दुवै पदबाट नहट्ने आफ्नो अडानमा छन्। पार्टीलाई गतिशील रुपमा चलाउन नसकेको र सरकार सञ्चालनमा पनि स्वेच्छाचारी भएको भन्दै ओलीइतर समूहले आलोचना गर्दै आएको छ।  
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।