काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको छ। छलफलका लागि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
बैठक केही बेरअघि सुरु भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए।
नेकपामा देखिएको विवाद समाधानका लागि स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्षद्वय केही दिनयता नियमित छलफलमा छन्।
आइतबारको छलफलमा आफू निकटका दोस्रो तहको नेतालाई पनि सहभागी गराएका अध्यक्षद्वयले सोमबार भने एक्लाएक्लै छलफल गरेका थिए।
विवादको निकास पहिल्याउने जिम्मा अध्यक्षद्वयको काँधमा आएपछि स्थायी कमिटी बैठक स्थगित हुँदै आएकाे छ। बैठक गत असार १० गतेबाट सुरु भएको थियो।
बैठकमा प्रचण्ड तथा माधव नेपाल समूहले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। ओलीले भने अस्वीकार गरेका छन्। आफ्नो राजीनामाको माग उठ्न थालेपछि ओलीले बैठकलाई पनि समय दिन छाडेका थिए।
गत बिहीबार बसेर स्थगित भएको बैठक पुनः बस्न सकेको छैन। बैठक भोलिका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।