काठमाडौं- नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। यो सिजनका लागि उनलाई जमइका तलावाजले अनुबन्ध गरेको हो।
सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई नयाँ टिमले लिएको हो। उनले यसअघि दुईपटक सिपिएल खेलिसकेका छन्। यसअघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट उनले सिपिएल खेलेका थिए।
सन्दीपलाई जमइका तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो। जुन उनले पाएको अहिलेसम्मकै महङ्गो रकम हो।
सिपिएलमा सन्दीपलाई यसअघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो।
कोरोना महामारीको कारण यस सिजनको सिपिएलको मिति तय भएको भने छैन। आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा प्रतियोगिता गर्ने प्रस्ताव भने भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।