• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पार्टीभित्रको विवादले चेपुवामा मन्त्रीहरू

64x64
नेपाल लाइभ मंगलबार, असार २३, २०७७  ०७:३२
1140x725

काठमाडौं- नेकपाभित्र शीर्ष नेताहरुबीच विवाद चर्किँदै जादा मन्त्रीहरु कुन कित्तामा उभिने भन्दै चेपुवामा परेका छन्। पार्टीभित्रको विवादमा केपी ओलीले एक पक्षको नेतृत्व गरिरहेको र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपालले अर्को पक्षको नेतृत्व गरिरहेको अवस्था छ। जसका कारण मन्त्रीहरुलाई धर्मसंकट परेको हो।

गुटका भेलाहरुमा लुकीलुकी सहभागिता जनाउँदै आएका मन्त्रीलाई गत आइतबार प्रधानमन्त्रीले आफ्नो कित्ता कुन हो क्लियर गर्नुस् भनेपछि मन्त्रीहरुलाई थप अप्ठ्यारो निम्तिएको हो। प्रधानमन्त्रीको भनाईलाई पार्टी विवादमा आफू इतरको गुटलाई सहयोग गर्ने हो भने मन्त्री पद छाडेर जानुस् भनेर गरिएको आग्रहको रुपमा पनि कतिपयले अर्थ्याउँछन्।

मन्त्रिपरिषद् सदस्य भएका कारण केपी ओलीको निकटमा रहेका काम गर्नुपर्ने र उनीप्रति नै जवाफदेही हुनुपर्ने मन्त्रीहरुको बाध्यता छ। तर, पार्टीभित्रको लडाइँमा उनीहरु फरक गुटका जिम्मेवार सदस्य पनि मानिन्छन्। त्यसको रणनीति पनि तयार गर्छन्। जसका कारण मन्त्रिपरिषद्‌मा रहेका प्रचण्ड-नेपाल निकट सदस्यहरुलाई अहिले नैतिक संकट पनि उत्पन्न भएको छ।

पूर्व माओवादीबाट मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, ऊर्जामन्त्री वर्षमान पुन, उद्योग मन्त्री लेखराज भट्ट, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगरमध्ये चार मन्त्री प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डको समदूरीमै थिए। गुटका भेलाहरु एकपछि अर्को गर्दै बाक्लिँदै गएपछि थापा, पुन, बस्नेतले आफ्ना कित्ता स्पष्ट गरी प्रचण्डतिर फर्किसकेका छन्।

गृहमन्त्री थापा प्रधानमन्त्री र प्रचण्डको सचेततापूर्वक समदूरीमा थिए। पार्टी विभाजनसम्मको अवस्थामा पुगेपछि थापा प्रधानमन्त्रीबाट कित्ता परिवर्तन गरी प्रचण्डतिरै फर्किएका थिए। तर, उद्योग मन्त्री भट्टले आफ्नो निकटता प्रधानमन्त्रीसँगै देखाएकाले प्रचण्डतिर नफर्किने विश्लेषण पूर्वमाओवादी समूहले गर्न थालेको छ। तर पार्टी नै विभाजन हुने स्थितिमा उनी प्रचण्डतिरै नफर्केलान् भन्न सकिन्न।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीमा विवाद बढ्दै गएपछि वरिष्ठ नेता माधव नेपाल समूहबाट मन्त्री भएका कृषिमन्त्री घनश्याम भुसाल र पर्यटन मन्त्री योगेशकुमार भट्टराई पनि संकटमा छन्। प्रधानमन्त्री र मन्त्रीसँगको छलफलदेखि मन्त्रिपरिषद् बैठकमा समेत प्रश्न सोधेर सही गलत भन्न सक्ने भुसाल मात्रै हुन्। भुसाल सुरुदेखि नै प्रधानमन्त्रीका आलोचक भए पनि पछिल्लो समय खरो रुपमा प्रस्तुत भने भएका छैनन्।

तर प्रचण्ड-नेपाल समूहले बोलाउने रणनीतिक गुटका भेलामा भने भुसाल पुग्ने गरेका छन्। यस्तै पर्यटन मन्त्री भट्टराई प्रधानमन्त्री वरिष्ठ नेता नेपाललाई समदूरीमा राखेका छन्। तर, भट्टराई प्रचण्ड-नेपाल समूहले बोलाउने भेलामा न्यून सहभागी हुन थालेपछि आशंका गर्न थालिएको छ। 

‘पार्टीमा गुटका भेला हुन थालेपछि गुट परिवर्तन त गरेन भनेर सशंकित हुनुपर्ने अवस्था छ’, एक मन्त्रीले भने, ‘त्यसैले आफ्नो निकट नेतालाई नियमित भेटघाट छलफलमा सहभागी हुनुपर्ने बाध्यता छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित २० मन्त्री र तीन राज्यमन्त्री छन्। सञ्चार र सहरी मन्त्रालय रिक्त छ। सरकारमा भएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित ९ जना मन्त्री ओली समूहबाट, सात जना प्रचण्ड समूहबाट, दुई जना माधव नेपाल समूहबाट छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी सूर्य चुनाव चिह्न लिएर चुनावमा विजयी भएका भए पनि स्वतन्त्र सांसदको रुपमा छन्।

समन्वयकारी भूमिकामा
पार्टीमा गुटका रणनीतिक भेलासम्म हुँदा मन्त्रीहरु गुपचुप रुपमा सहभागी हुँदै आएका थिए। जब पार्टीमा विवाद बढ्दै गई विभाजनकै सम्भावना बढ्यो। त्यसपछि भने सबै जसो मन्त्रीहरु एकताको पक्षमा उभिएका हुन्।

गत शुक्रबार कृषिमन्त्री घनश्याम भुसालले आफ्नै पहलमा आफ्नै निवास पुल्चोकमा केही मन्त्री तथा स्थायी कमिटी सदस्यहरुलाई बोलाए। पार्टी विभाजन गर्न नहुने भन्दै ११ जना मन्त्री तथा स्थायी कमिटी नेताको सन्देश लिएर अध्यक्ष ओली प्रचण्डलाई पनि भेटे। पार्टीभित्रको विवाद विभाजन नभई संवाद र छलफलमार्फत् समाधानको बाटो खोज्न भुसालले आग्रह गरेका थिए।

पछिल्लो समय मन्त्रीहरु गुटका भेलामा गएर आफूनिकट नेतालाई उचाल्नेभन्दा पार्टी एकताको पक्षमा माहोल बनाउन लागेका छन्।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  ०७:३२
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्