काठमाडौं– कोरोना भाइरसको संक्रमण जितेर फर्कनेहरुको प्रतिशत वृद्धी भएको छ। आइतबार ४१ प्रतिशतले काेराेना जितेकोमा सोमबार ४२.७२ प्रतिशत मानिसले कोरोना जितेका छन्।
अहिले कूल १५ हजार ९ सय ६४ संक्रमित पुगेका छन्। तीमध्ये ६ हजार ८ सय ११ जना निकाे भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल ९ हजार १ सय १८ जना मानिस आइसोलेनमा उपचाररत छन्। यो कूल संक्रमितको ५७ प्रतिशत हो।
यस्तो छ प्रदेशगत तथ्यांक:
प्रदेश १- संक्रमित ७१०, डिस्चार्ज - ४६९
प्रदेश २- संक्रमित ४१८४, डिस्चार्ज- २०७२
बागमती प्रदेश- संक्रमित ६३९, डिस्चार्ज- २३४
गण्डकी प्रदेश- संक्रमित ११७५, डिस्चार्ज- २९५
प्रदेश ५- संक्रमित ३९८४, डिस्चार्ज- १८५७
कर्णाली प्रदेश- संक्रमित १५८१, डिस्चार्ज- १२२२
सुदूरपश्चिम प्रदेश- संक्रमित ३६९१, डिस्चार्ज- ६६२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।