काठमाडौं- काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १० जना, काठमाडौंका २३ जना र ललितपुरका २० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा काठमाडौंका थप १ जनामा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। देशभर विगत २४ घण्टायता नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ जना पुगेको छ। हालसम्म ६ हजार ८ सय ११ जना निको भएर घर फर्किएका छन्।
आइतबारसम्म ३४ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।