काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका ७ जना कर्मचारीमा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। काेराेनाकाे संक्रमण देखिनेमा ३ पाइलट र ४ क्रु मेम्बर रहेका छन्।
काेराेना संक्रमण पुष्टि हुनेमा एक पाइलट र दुई काे-पाइलट छन्। काेराेना पुष्टि भएका पाइलट तथा कर्मचारीलाई क्वारेन्टाइनमा राखिएकाे एयरलाइन्स स्राेतले जनाएकाे छ। उनीहरु आप्रवासी नेपालीलाई स्वदेश फर्काउन विभिन्न गन्तव्यमा खटिएका थिए।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले सरकारले दिएकाे जिम्मेवारी पुरा गर्ने क्रममा संक्रमित भएका उनीहरुकाे स्वास्थ्य लाभकाे कामना गरेका छन्।
'नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल वायुसेवा निगमका चालक दलका केही सदस्यमा काेराेना पाेजेटिभ देखिएकोमा दु:ख लागेको छ। संकटकालीन अवस्थामा उहाँहरुले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु। उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु', मन्त्री भट्टराईकाे ट्विटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।