• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
पार्टीको विवाद मिलाउने जिम्मा घुमिफिरि ओली–प्रचण्डको काँधमा
64x64
नेपाल लाइभ सोमबार, असार २२, २०७७  १४:५५
1140x725

काठमाडौं- पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि त्यसलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संवाद मार्फत निरुपण गर्ने भएका छन्।

आइतबार भएको दुई अध्यक्षको छलफलले विवाद समाधानका लागि स्थायी कमिटीका चार सदस्यको अनौपचारिक कार्यदलले गृहकार्य गर्ने टुंगो लगाएको थियो। तर, कार्यदल मार्फत विवाद समाधन खोज्दा विषयवस्तु थप गिजोलिन थालेपछि दुई अध्यक्षले ‘वान टू वान’ मार्फत टुंगो लगाउने सहमति भएको हो। अब पार्टीभित्रका सबै विवाद मिलाउने जिम्मेवारी दुई अध्यक्षको काँधमा पुगेको छ।

अध्यक्षद्वयबीच सोमबार पनि डेढ घण्टा छलफल भएको थियो। ‘आज दुई अध्यक्ष बल्ल पार्टीको विषयवस्तुभित्र प्रवेश गुर्नभयो। अर्को दिन फेरि छलफल हुनेगरी सकिएको छ’, अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘अब पार्टीका विवाद दुई अध्यक्ष मात्रै बसेर मिलाउनु हुनेछ। छलफल सकारात्मक हुँदै गएको छ।’

आइतबार विवाद समाधान गर्न महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र वर्षमान पुनः सम्मेलित चार सदस्य अघोषित कार्यदल बनाइएको थियो। कार्यदलबाट समेत पार्टीभित्रको विवाद समाधान हुने नदेखेपछि दुई अध्यक्ष मात्रै बसेर मिलाउने सहमति गरेका छन्।

ओेली र प्रचण्ड-नेपाल समूहको आ-आफ्नो बटमलाइन
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले कुनै हालतमा राजीनामा नदिने अडान दोहोर्‍याइरहेका छन्। यदि दुवै पदबाट राजीनामा दिने अवस्था आए सत्ता साझेदारका लागि कांग्रेससँग हात अघि बढाएका छन्। ओलीले पछिल्लो समय कांग्रेस नेताहरुसँगको भेटघाटलाई बढाउँदै लगेका छन्। नेकपा विभाजित हुने अवस्था आए आफ्नो निकटमार्फत पुरानो दल एमाले निर्वाचन आयोगमा दर्ता गरेको ओली इतर नेताहरुको बुझाई छ।

यस्तै अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल समूहले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्। ओलीले एक पद मात्रै छोड्दा पनि पार्टीमा सहज रुपमा काम गर्न नसक्ने भएकाले दुवै पद छोड्नुपर्ने सो समूहले बटमलाइन बनाएका छन्। अब त्याग गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री ओली भएकाले अरुले त्याग गरेर सहमति नहुने एक सचिवालय सदस्यले बताए। पछिल्लो समय ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पद छोड्न लचिलो हुँदै गएको विश्लेषण गर्न थालिएको छ।

तानातानका बीच ओली-प्रचण्डले सौहार्दपूर्ण वातावरणमा ‘वान टू वान’ संवादलाई अघि बढाएका छन्। चिनिया राजदूतले समेत नेकपा नेताहरुलाई भेटेर सक्रियता बढाएकाले विभाजनतिर जाने सम्भावना कम हुँदै गएको विश्लेषण गर्न थालिएको छ। पार्टी विवादको समाधान गर्ने दुई अध्यक्षकै काँधमा आएकाले कसरी सहमति हुन्छ, त्यो भने हेर्न बाँकी नै छ।

पार्टीमा यसरी विवाद बढ्दै गयो
सरकारका काम कारवाही र एमसिसीलाई लिएर पार्टीमा नेताहरुबीच विवाद बढ्दै गएको थियो। यसैबीच प्रधानमन्त्री ओलीले गत असार १४ मा मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा नयाँ नक्सा जारी गरेपछि सरकारका विरुद्ध दिल्ली र काठमाडौंमा नेकपा नेताहरुले षडयन्त्रको तानाबाना बुनेको अभिव्यक्ति दिएपछि असन्तुष्ट नेताहरुका लागि मसला बनेको हो।

नेकपा नेताहरुलाई नै सरकार विरुद्ध षडयन्त्र गरेको ओरोप लगाएपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीको राजीनामा मागिएको हो। अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम ,नारायणकाजी श्रेष्ठ लगायत ३० भन्दा धेरै स्थायी कमिटी सदस्यले एउटै स्वरमा ओेलीको दुवै पदबाट राजीनामा मागेका थिए।

विवादकै बीच प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड नेपाल पक्षले भेटघाटलाई बाक्लो बनाउँदै लगेका थिए। एकाएक गत बिहीबार स्थायी कमिटी बैठकका बीच प्रधानमन्त्री ओलीले चालु संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि पार्टीमा तीव्र विवाद चुलिएको हो। विवाद मिल्नै नसक्ने अवस्था भएपछि २० गते र २२ गतेको स्थायी कमिटी बैठक स्थगित भइसकेको छ। अर्को स्थायी कमिटी बैठक २४ गते बस्नेगरी स्थगित भएको छ। 

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १४:५५
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै १२ लाख बढिको क्षति
मोहना नदीमा पानीको बाहव बढ्यो, उच्च सतर्क रहन आग्रह
मुगुमा पुनः भूकम्पको धक्का
सम्बन्धित सामग्री
माधव नेपालबारे नबोल्न नेता कार्यकर्तालाई नेकपा एसको निर्देशन महासचिव घनश्याम भुसालले एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालविरुद्ध सार्वजनिक रुपमा वाद–प्रतिवादमा नउत्रिन आग्रह गरेका हुन् । सोमबार, असार १६, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार शुरु हुँदैछ । बैठक दिउँसो १ बजे  केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ । सोमबार, असार १६, २०८२
माधव नेपालबारे सार्वजनिकरूपमा नबोल्न, नलेख्न र वादविवाद नगर्न नेकपा एसको निर्देशन महासचिव घनश्याम भुसालले एक निर्देशन जारी गर्दै अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले प्रारम्भिक धारणा स्पष्ट पारि... आइतबार, असार १५, २०८२
ताजा समाचारसबै
फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै १२ लाख बढिको क्षति सोमबार, असार १६, २०८२
मोहना नदीमा पानीको बाहव बढ्यो, उच्च सतर्क रहन आग्रह सोमबार, असार १६, २०८२
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन सोमबार, असार १६, २०८२
मुगुमा पुनः भूकम्पको धक्का सोमबार, असार १६, २०८२
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्