धनगढी- कैलालीका ८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। संक्रमितमध्ये ७ जना धनगढी उपमहानगरपालिकाका रहेका छन्।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा तीन महिला र पाँच पुरुष गरी कैलालीका ८ जनामा कोराना पुष्टि भएको हो।
धनगढीका ३३ र ३५ वर्षीय महिला, ३३, २२, २५, ५२ र ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
उनका अनुसार गोदावरी नगरपालिकाका ३० वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।