काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौंमा रहेका सहिद स्मारक ए डिभिजन लिग खेल्ने ६ फुटबल क्लबलाई १० लाखका दरले ६० लाख रुपैयाँ सहयोग गरेको छ। सोमबार एक कार्यक्रम गरी मेयर विद्यासुन्दर शाक्यले सहयोग रकम हस्तान्तरण गरे।
‘क्लबहरुलाई आर्थिक रुपमा सहयोग होस् भनेर हामीले सोचेका हौँ। जसले क्लबहरुलाई केही सहज भइ देशमा फुटबलको विकास हुनेछ’ मेयर शाक्यले भने।
सहयोग पाउने क्लबमा लिग च्याम्पियन मछिन्द्रसँगै संकटा, हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी, काठमाडौं खेल मण्डल (एनआरटी) र सरस्वती युथ क्लब रहेका छन्।
महानगरले हरेक वर्ष यसैगरी क्लबहरुलाई सहयोग गरिरहेको छ। यसअघि बी डिभिजन र सी डिभिजन क्लबलाई समेत सहयोग गर्ने गरेको महानगरले यसवर्ष कोरोना महामारीका कारण ए डिभिजन क्लबलाई मात्र सहयोग गरेको हो। आउँदो वर्ष बी र सी डिभिजनलाई गरिने सहयोग पनि निरन्तर हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।