काठमाडाैं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाका नेता र चिनियाँ राजदूतबीचकाे भेटलाई लिएर 'के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ?' भन्दै प्रश्न गरेका छन्। चिनियाँ राजदूत हाेउ यान्छीकाे सक्रियताप्रति लक्षित गर्दै थापाले यस्ताे टिप्पणी गरेका हुन्।
नेकपा नेता माधवकुमार नेपाल र चिनियाँ राजदूत हाेउ यान्छीबीच आइतबार भेट भएकाे थियाे। थापाले ट्वीटमा भनेका छन्, 'प्रम ओली भन्नुहुन्छ-सरकार गिराउन भारतीय राजदूत सक्रिय भए।अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन्। के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? राष्ट्रियता जोगाउन सक्छ?'
थापाले स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन नसक्ने बताएका छन्। उनले ट्वीटरमा थप लेखेका छन्, ‘सिकौं, आत्मालोचना गरौं। बाह्य हस्तक्षेपविना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेस अनुकूल मौलिक प्रजातन्त्रको निर्माण गरौं, कसैले जित्ने, कसैले हार्ने होइन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं।’
पुर्वाग्रहबाट माथी उठौं।विगतमा सबैबाट गल्ति भएका छन्।गल्तिबाट पाठ सिकौं,आत्मालोचना गरौं।बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं।कसैले जित्ने,कसैले हार्ने होईन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।