फाइल तस्बिर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचकाे वार्ता बालुवाटारमा जारी छ। स्थायी कमिटीको बैठकस्थागित गरेर दुई अध्यक्ष वार्तामा बसेका हुन्।
दुई अध्यक्षबीचको वार्ता बिहान ९ बजेपछि सुरु भएको पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। पार्टीभित्र उत्पन्न विवाद साम्य गर्न दुई अध्यक्षबीच वार्ता भएकाे हाे।
यसअघि भएका वार्तामा सहमति पहिल्याउन नसकेपछि स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद छोड्नुपर्ने अडानमा असन्तुष्ट पक्ष छ। तर, प्रधानमन्त्री ओली दुवै पद नत्यागेर सहमति खोज्ने पक्षमा छन्। ओली समूह र असन्तुष्ट पक्षका शीर्ष तहको आइतबारको बैठक पनि निष्कर्षविहिन बनेको थियो। शनिबार बसेको दुई अध्यक्षको बैठकमा पनि दुवै समूह आआफ्नो अडानमा यथावत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।