काठमाडौं- देशभरका ४१ प्रतिशत संक्रमितले कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म ६ हजार ५ सय ४७ जनाले कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो कुल कोरोना संक्रमितको ४१.५ प्रतिशत भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर ९ हजार २ सय ३ जना आइसोलेसनमा उपचार गराइरहेका छन्।
हाल सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा रहेका छन्। प्रदेश २ मा ४ हजार १ सय ६० जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
यस्तो छ प्रदेशको तथ्यांक
प्रदेश-१
संक्रमित- ६९४ र डिस्चार्ज ४७९
प्रदेश- २
संक्रमित-४१६० र डिस्चार्ज २३४
बागमती प्रदेश
संक्रमित-५६३ र डिस्चार्ज-२३४
गण्डकी प्रदेश
संक्रमित- ११४२ र डिस्चार्ज- २१४
प्रदेश ५
संक्रमित- ३९६८ र डिस्चार्ज- १७२५
कर्णाली प्रदेश
संक्रमित- १५७९ र डिस्चार्ज- ११९१
सुदूर पश्चिम
संक्रमित- ३६७८ र डिस्चार्ज ६८०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।