काठमाडौं- अजोड इन्स्योरेन्स लिमिटेडले दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार कम्पनीले काठमाडौंको सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीका कर्मचारी र आगन्तुकसमेत गरी ३५ जनाले रक्तदान गरेका थिए।
संचालनमा आएको छोटो अवधिमा नै १ प्रधान कार्यालय ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरी जम्मा ४२ वटा कार्यालय, ३ वटा तेश्रो पक्ष बीमा काउण्टर र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरु गरी बीमा सेवा प्रदान गर्दै आएको छ।
बिमा रकम दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शी बनाउन कम्पनीले फास्ट ट्र्याक नीति अवलम्बन गरेको दाबी गरेको छ। २ लाख रुपैयाँसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्थासमेत गरेको कम्पनीले विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको बताइएको छ।
कम्पनीले चालु आवमा हालसम्म ८९,७५८ बीमालेख जारी गरी ८१ करोड ५७ लाख बीमा शुल्क आर्जन गरेको जानकारी कम्पनीले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।