काठमाडौं- बैंकिङ कसुरमा संलग्न दुई व्यक्ति समातिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं नयाँबजारका ५५ वर्षीय राजमान सुनार र काठमाडौं तारकेश्वरका ४१ वर्षीय विश्वमर्दन श्रेष्ठ छन्।
दीपककुमार विश्वकर्माको जाहेरीले सुनारलाई उच्च अदालत पाटले बैंकिङ कसुरमा गत फागुन २१ गते ५ दिन कैद र १४ लाख ६९ हजार ६ सय ४० जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरार हुँदै आएका थिए।
त्यसैगरी वीरबहादुर गोलेको जाहेरीले श्रेष्ठलाई उच्च अदालत पाटनले गत फागुन १८ गते ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।उनीहरुलाई लुकिछिप बसेको अवस्थामा काठमाडौंबाट पक्राउ गरिएको हो। पक्राउ परेका दुबै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।