काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बिहान ११ बजे भेटवार्ता हुने भएको छ।
नेकपाको जारी संकटका बीच दुवै अध्यक्षले वार्ता गर्न लागेका हुन्। आज दुवै शीर्ष नेताबीच सघन रुपमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ।
यसअघि शुक्रबार पार्टीको खिचलो मिलाउन दुई अध्यक्षबीच करिब ३ घण्टा छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन।
प्रचण्डले शनिबार दिउँसो माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतसँग पनि छलफल गरेका थिए। छलफलमा पार्टी फुटको अवस्थामा पुगेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।