काठमाडौं-प्रधानमन्त्री केपी ओलीले आफूनिकट मन्त्री र स्थायी कमिटी सदस्यहरुसँग परामर्श सुरु गरेका छन्।
स्थायी कमिटी बैठकअघि ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल,स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङलगायत केही मन्त्रीहरुसँग परामर्श गर्न सुरु गरेको बालुवाटार स्रोतले जनाएको छ।
स्थायी कमिटी बैठकमा आफ्नाे राजीनामाकाे माग आएपछि प्रधानमन्त्री ओलीले परामर्शका लागि आफूनिकट मन्त्री र स्थायी कमिटी सदस्यलाई बालुवाटार बोलाएका हुन। ओलीले शनिबार बिहान स्थायी कमिटी बैठकअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटघाट गर्ने भनिए पनि आफू निकट नेताहरुसँग परामर्श गरेपछि मात्रै भेटघाट गर्ने भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।