काठमाडौं- राप्रपा अध्यक्ष कमल थापा बिहीबार विभिन्न जनसरोकारका माग राखी अनशन बसेका युवाहरुलाई भेट गर्न पाटन पुगेका छन्।
अनशन बसेका युवाहरुलाई भेट गरी अध्यक्ष थापाले संक्षिप्त कुराकानी समेत गरेका छन्। केही समय सत्याग्रह स्थलमा प्लेकार्ड बोकेर थापाले ऐक्यवद्धता समेत जनाएका थिए।
भेटपछि उनले ट्विट गर्दै लेखेका छन्‚ ‘जनसरोकारका मागहरू राखेर अनशन/सत्याग्रहमा बसेका 'ई' लगायतका युवाहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दैछ। युवाहरुको जीवन रक्षामा ध्यान दिन र वार्ताबाट समस्या समाधान गर्न प्रधानमन्त्री र सरकारसँग आग्रह गर्दछु। ‘इनफ इज इनफ’मा हाम्रो ऐक्यबद्धता छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।