काठमाडौं- बेस्ट फाइनान्स कम्पनी लिमिटेडको ६३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंमा बिहीबार फाइनान्सको साधारणसभा सम्पन्न भएको हो।
संचालक समितिका अध्यक्ष अमिरध्वज प्रधानको सभापतित्वमा सम्पन्न सभाले गत आव २०७५/७६ को संचालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको बताइएको छ।
सभाले चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गर्नूका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरु क्रमशः अमिरध्वज प्रधान र दिपक ढकालको बाँकी कार्यकालको नियुक्तिलाई समेत अनूमोदन गरिएको प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए।
सभामा शेयरधनीले राखेका प्रश्नको जवाफ संस्थाका अध्यक्ष अमिरध्वज प्रधान र संस्थाको भावी योजना सम्बन्धमा प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारीले प्रष्ट पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।