काठमाडौं- आइतबारसम्ममा ४ हजार ६ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक निको भएर घर फर्कने एक हजार व्यक्तिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यसैबीच थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अछामका ४६ वर्षीय पुरुषको मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिए।
उनलाई असार १३ गते जिल्लाकै बयलपाटा अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेका बिरामीसमेत भएको जानकारी प्रवक्ता डा गौतमले दिए। योसहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।