काठमाडौं- भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ लाख २८ हजार ८ सय ५९ पुगेको छ।
सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत चौथो स्थानमा छ। सूचीको पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा रुस छन्।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १६ हजार ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै, ३ लाख ९ हजार ७ सय १३ जना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।