काठमाडौं- अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले प्रदान गर्ने सहयोग सम्झौताका विषयमा लेखक तथा साहित्यकारहरूले विरोध प्रदर्शन गरेका छन्।
एमसिसीको सहयोग लिने सम्बन्धमा गरिएको सम्झौताले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि आँच पुर्याउने भन्दै साहित्यकारहरूले विरोध गरेका हुन्।
माइतीघरमा जम्मा भएर लेखक तथा साहित्यकारहरूले 'नो एमसिसी, गो एमसिसी', एमसिसी चाहिँदैनलगायतका प्लेकार्ड बोकी नाराबाजी गरेका थिए।
विगत लामो समयता एमसिसीअन्तर्गत अमेरिकाले गर्ने ५५ अर्ब सहयोग लिने वा नलिने सम्बन्धमा नेपालमा मत विभाजन हुँदै आएको छ।
प्रदर्शनमा निनु चापागाईं, विष्णु सापकोटा र शकुन्तला जोशी लगायतले साम्राज्यवादीलाई खेल्ने मौका दिन नहुने धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।