काठमाडौं- शनिबार थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक १८ महिला र ११८जना गरी १३६ जना निको भएका हुन्।
मोरङको गोठगाँउ आइसोलेसन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ पुरुष, झापाका २९ पुरुष, मोरङका ११, पाँचथरका १ पुरुष, सुनसरी २० पुरुष, ताप्लेजुङ्ग १ पुरुष उदयपुरका ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १ पुरुष, कास्की ४ महिला र १० पुरुष, पर्वतका १ पुरुष, स्याङजाका १ महिला, जलेश्वर अस्पताल महोत्तरीबाट ७ महिला संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।
त्यसैगरी, कोरोना विशेष अस्पताल दाङ १ पुरुष, सुर्खेतको मेहलकुना अस्पतालबाट ७ महिला र ६ पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट बर्दियाका ४ महिला र २ पुरुष र बाँकेका २ महिला र २१ पुरुष डिस्चार्ज भएका हुन्।
देशभरबाट हालसम्म २ हजार ८३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २४२ र २ हजार २५९२ जना पुरुष रहेका छन्।
नेपाल पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १२ हजार ३सय ९ पुगेको छ। जसमध्ये २८ जनाको मृत्यु भएको छ।
योसहित नेपालमा हालसम्म जना २ हजार ८ सय ३४ उपचारपछि निको भएका छन्।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबारसम्म देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ। शनिबारसम्म नेपालमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।