काठमाडौं- काठमाडौं उपत्यकाभित्र ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र तीन पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बिहीबार उपत्यकामा एक जना संक्रमितको ज्यान गएको छ। पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरूषको मृत्यु भएकोहो। ललितपुरको महालक्ष्मी-५ का ती पुरूषको बिहीबार बिहान मृत्यु भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
बिहीबार देशभरका २२ प्रयोगशालामा थप ४ सय ३४ कोरोना संक्रमित भेटिएका छन्। हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको छ। मृत्यु हुनेको संख्या २६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।