• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ३२, २०८३ Thu, Jul 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थायी कमिटीको बैठकलगत्तै मन्त्रिमण्डल फेरबदलको गृहकार्यमा प्रधानमन्त्री

डिबी खड्का/वीरेन्द्र ओली बुधबार, असार १०, २०७७  १६:२९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदलको गृहकार्य थालेका छन्। केही मन्त्रीको काम कारबाहीका कारण सरकार निरन्तर आलोचित हुन थालेपछि हटाउने, जिम्मेवारी हेरफेर गर्ने र नयाँलाई जिम्मेवारी दिने तयारीमा रहेको एक मन्त्रीले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले पार्टीका सक्रिय कार्यकर्ता नरहेका तर विभिन्न क्षेत्रमा रहेर प्रतिष्ठा कमाइरहेका व्यक्तिहरुसँग केही दिनदेखि सरकार र मन्त्रीहरुले गरेका कामको प्रतिक्रिया लिइरहेका छन्। यसअघि करार सम्झौता मूल्यांकन आधारमा बन्ने 'मार्क सिट'लाई मन्त्रिमण्डल हेरफेरको आधार बनाइन्थ्यो। तर दोस्रो चौमासिकपछि उक्त 'मार्क सिट' नबनेपछि जनस्तरबाट आउने प्रतिक्रियालाई आधार बनाएर मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुनेछ। 

‘सरकारको निरन्तर आलोचना हुन थालेपछि उहाँ (प्रधानमन्त्री)ले हरेकको मसिनो गरी समीक्षा गर्न थाल्नु भएको छ,’ ती मन्त्रीले भने, ‘कतिलाई जिम्मेवारीबाट हटाउने र कतिको एक मन्त्रालयबाट अर्कोमा सरुवा गर्ने भन्ने गृहकार्यमा जुट्नु भएको छ।’ 

बुधबारदेखि सुरु हुने स्थायी कमिटी बैठकमा सरकारको आलोचना हुने भएकाले त्यसमा दिइने जवाफ पनि मन्त्रिमण्डल हेरफेर र जिम्मेवारी परिवर्तनसँग सम्बन्धित हुनेछ। स्थायी कमिटीमा उठ्ने सवालका आधारमा समेत हेरफेरको मोडालिटी तयार हुने प्रधानमन्त्रीनिकट एक मन्त्रीले बताए।

बुधबारदेखि सुरु स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल र उनीहरु निकट स्थायी कमिटी सदस्यहरुले एमसिसीसँग जोडिएको धारणाका साथै सरकारसँग सम्बन्धित सवाल पनि उठाउने तयारी गरेका छन्। सरकारलाई लिएर गरिने आलोचनामा कतिपय मन्त्रीहरूको नामसमेत किटान हुने भएकाले त्यसलाई हेरफेरको अर्को आधार बनाउन सक्ने बताइएको छ। 

शीर्ष तहका अन्य नेताहरुबाट हुने आलोचनाको जवाफ प्रधानमन्त्री ओलीले पद भागबन्डाबाट दिने गरेका छन्। आलोचना मत्थर गर्ने उनको यो रणनीतिले धेरै ठाउँमा काम पनि गरेको छ। प्रचण्ड र नेपाल समूहका नेताहरुलाई मन्त्रिमण्डल पुनर्गठनमा समेट्ने तयारी उनले गरेका छन्। 

स्थायी कमिटीमा धेरै नै आलोचना भएमा पहिलो र दोस्रोपल्ट मन्त्रीको जिम्मेवारी लिएका सबै मन्त्रीलाई हटाएर नयाँ मन्त्रिमण्डल गठन गर्न सकिने विषयमा समेत छलफल भएको बुझिएको छ। यसको संकेत केही मन्त्रीलाई प्राप्त भइसकेको छ।  

जोसँग प्रधानमन्त्री असन्तुष्ट छन्
प्रधानमन्त्री ओलीका २० मन्त्रालय र तीन राज्यमन्त्री पदमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालय रिक्त छन्। कोरोना महामारी नियन्त्रण र यससँग प्रत्यक्ष जोडिएका मन्त्रालयका कतिपय मन्त्रीहरुको कामकारबाही प्रधानमन्त्री ओलीलाई समेत चित्त बुझेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

भरोसा गरेर जिम्मेवारी दिएपनि काममा खरो उत्रिन नसकेको भन्दै आफूनिकट अन्य नेताहरुलाई सुनाउने गरेका छन्। प्रधानमन्त्री ओली श्रम रोजगार तथा सामाजिक मन्त्री रामेश्वर राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग बढी असन्तुष्ट छन्। यसैगरी, रक्षामन्त्री ईश्वर पोखरेल र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग पनि उनी खुसी छैनन्। 

कोरोना नियन्त्रणमा प्रत्यक्ष जोडिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व मन्त्री भानुभक्त ढकालले गर्न नसकेको प्रधानमन्त्री ओलीको बुझाइ छ। मन्त्रालयलाई जोडेर भएका भनिएका भ्रष्टाचारमा मन्त्री ढकालकै प्रत्यक्ष संलग्नता विश्वास नगरेका ओली कार्यक्षमता देखाउन नसकेको बुझाइमा छन्।

कोरोना भाइरस नियन्त्रणको नेतृत्व गर्नुपर्ने स्वास्थ्य मन्त्रालयबाट उनलाई हटाइनेछ छ। तर मन्त्रीबाटै फिर्ता बोलाउने वा कुनै अर्को मन्त्रालयमा सरुवा गर्ने भन्ने चाहिँ यकिन भइनसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। स्वास्थ्य मन्त्रालयमा बुधबार महाशाखा प्रमुखहरूसँग भएको छलफलमा सहभागी भएका मन्त्री ढकालले घुमाउरो भाषामा आफू स्वास्थ्य मन्त्रालयमा निरन्तर रही नरहने भन्दै जिम्मेवारी हेरफेर हुन लागेको संकेत गरेका थिए।  उक्त बैठकमा सहभागी एक कर्मचारीले भने, 'उहाँ आज जसरी प्रस्तुत हुनुभयो । त्यसबाट हामीले यो मन्त्रालयमा नयाँ मन्त्री आउन लागेजस्तो बुझ्यौं। तर, खुलेर चाहिँ केही भन्नुभएन।’

जनस्तर र पार्टीभित्रकै अन्य गुटबाट धेरै आलोचना भएका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलका विषयमा पनि प्रधानमन्त्री ओलीले निकटस्थबाट सल्लाह लिइरहेका छन्। प्रधानमन्त्री ओली निकटस्थ केही नेताहरुले तयार पारेको एक महिनाअघि नै तुरुन्तै जिम्मेवारीमुक्त गर्नुपर्ने चार जना मन्त्रीमा पोखरेल पनि थिए। तर आफ्नो गुटको बलियो नेता समेत रहेका पोखरेललाई हटाउने विषयमा प्रधानमन्त्री ओलीले सोच्नुपर्ने बताएका थिए। मन्त्री पोखरेललाई थप जिम्मेवारी नदिने र भूमिका पनि कमजोर बनाउँदै लैजाने कुरामा प्रधानमन्त्री ओली सहमत भएका थिए। 

उनका विषयमा पार्टीभित्रबाट धेरै नै आलोचना भए हटाइने छन्। तर तीव्र आलोचना नहुँदा अहिले दिइएका महत्वपूर्ण जिम्मेवारी कटौती गर्दै जानेछन्।  

श्रममन्त्री यादवले जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट छन्। लकडाउनको सुरुदेखि नै श्रम मन्त्रालयले काम नगर्दा सरकार आलोचित हुनुपरेको बुझाइ प्रधानमन्त्री ओलीको छ। मन्त्री यादवलाई भेट्न बोलाएर आफू सन्तुष्ट नरहेको संकेत समेत प्रधानमन्त्री ओलीले दिइसकेका छन्।

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टलाई हटाएर मन्त्री यादवलाई ल्याइएको थियो। तर यादवले जिम्मेवारी सम्हालेपछि उक्त मन्त्रालयको कुनै काम प्रभावकारी भएको छैन। कोरोना महामारीका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाली श्रमिक संकटमा छन्। यो संकटलाई पार लगाउन उनीबाट नसकिने भएकाले हेरफेरको सूचीमा मन्त्री यादव पर्नेछन्।  

अर्थमन्त्री डा युवराज खतिवडालाई हालसम्म राष्ट्रिय सभाका लागि सिफारिस गर्न सकेका छैनन्। पार्टीभित्रबाट मात्रै होइन, प्रधानमन्त्री ओलीनिकट उद्योग व्यवसायीबाट समेत डा खतिवडाको आलोचना भइरहेको छ। यसअघि डा खतिवडाको विरोधको स्वर सुन्न नचाहने प्रधानमन्त्री ओली यतिबेला उनका विषयमा समेत निकटस्थसँग छलफल गरिरहेका छन्। त्यसैले उनले मन्त्रिमण्डलमा निरन्तरता पाउने सम्भावना समेत घटेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई नयाँ मन्त्रालयको जिम्मेवारी दिनसक्ने सम्भावना छ। भट्टराईले सुरुदेखि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चाहेको प्रधानमन्त्री निकट एक नेता बताउँछन्। 'त्यो समय प्रधानमन्त्री ओलीले खाली नभएका कारण पर्यटन सम्हालिराख्नुहोस भन्नुभएको थियो। भट्टराईले चाहेमा अहिले त्यो जिम्मेवारी पाउनसक्नुहुनेछ,' उनले भने।

भूमि व्यवस्था मन्त्री अर्यालले भने प्रधानमन्त्री ओलीसँग कुनै विकासे मन्त्रालयको अपेक्षा गरेकी छिन्। पछिल्लो समय प्रधानमन्त्री ओलीले विश्वास गरिरहेका मन्त्रीमध्ये अर्याल एक भएकाले उनलाई भूमि व्यवस्थाभन्दा बलियो मन्त्रालयको जिम्मेवारी दिन सक्ने बुझिएको छ। 

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको रुचि वनभन्दा अन्य मन्त्रालयतर्फ बढ्न थालेको छ। तर प्रधानमन्त्री ओली उनीसँग पनि सन्तुष्ट हुन सकेका छैनन्। मन्त्रालयको जिम्मेवारी सम्हाले पनि खास काम देखाउन नसकेका मन्त्रीका रुपमा उनलाई प्रधानमन्त्री ओलीले लिएका छन्। बस्नेतले सोचेजस्तो अर्को मन्त्रालयमा जान वा सरकारबाटै बाहिरिनका लागि पनि गुटगत समीकरणले पनि काम गर्न सक्ने देखिन्छ।  

बन्न छोड्यो मन्त्रीको 'मार्क सिट'
प्रधानमन्त्री ओलीले मन्त्रीहरुको कार्यक्षमताका आधारमा मार्क्स सिट नै बनाएर मूल्यांकन गर्ने गरेका थिए। मन्त्रीसँग मन्त्रालयका कामको हरेक महिना समीक्षा हुनेगरी करार सम्झौता समेत भएका थिए। 

सबैभन्दा राम्रो कार्य क्षमता देखाउने मन्त्रीलाई हरियो, त्यो भन्दा कम कार्यक्षमता देखाउनेलाई पहेँलो र कामै गर्न नसक्ने मन्त्रीलाई रातो क्षेत्र बनाएर मूल्यांकन गरेका थिए । मंसिर ४ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा प्रधामन्त्रीले कार्यक्षमता मूल्यांकनलाई आधार बनाएका थिए।

त्यो बेला प्रधामन्त्री ओलीले रातो र पहेँलो क्षेत्रमा परेका सबै मन्त्रीलाई जिम्मेवारीबाट समेत हटाएका थिए। तर पछिल्लो समय करार सम्झौता गरेर मन्त्रीको कार्यक्षमता मूल्यांकन गर्न बन्द भएको एक मन्त्रीले बताए। ‘मन्त्रीको कार्यक्षमता मूल्यांकन गरेर 'मार्क सिट' तयार गर्ने माघ महिनासम्म भयो। फागुनमा प्रधानमन्त्रीज्यू मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुभयो। ललगत्तै कोरोना संक्रमण सुरु भयो। त्यसैले उक्त प्रक्रियाले निरन्तरता पाउन सकेन,’ ती मन्त्रीले भने।

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेल आन्तरिक रुपमा उक्त कार्य भइरहेको बताउँछन्। बाहिर सार्वजनिक नभए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो काम गरिरहेको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १६:२९
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाही प्रस्तावित
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालसँगको भेटमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा दीर्घकालीन सहकार्यलाई थप प्र... बिहीबार, असार ३२, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ । बिहीबार, असार ३२, २०८३
प्रधानमन्त्री बालेन र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आपसी हितका विविध विषयमा छलफल... बिहीबार, असार ३२, २०८३
ताजा समाचारसबै
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पूर्जी, राजनीतिक प्रतिशोध साँधिएको आरोप बिहीबार, असार ३२, २०८३
संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह बिहीबार, असार ३२, २०८३
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका जीवन शाही प्रस्तावित बिहीबार, असार ३२, २०८३
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
एकैपटक २ सय ७ न्यायाधीशको सरुवा, को– कहाँ ? [सूचीसहित] बिहीबार, असार ३२, २०८३
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने बुधबार, असार ३१, २०८३
कन्सल्टेन्ट, सीएसहित शंकास्पद आर्थिक कारोबार गर्नेहरू सरकारको निगरानीमा बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्