काठमाडौं– नेकपा स्थायी कमिटी बैठकमा छलफलका लागि मुख्य ३ एजेन्डा तय भएका छन्। बुधबार हुने कमिटी बैठकमा सरकारको काम, पार्टी एकताका बाँकी काम र एमसीसीका सम्बन्धमा छलफल हुने भएको छ।
बैठक सुरु हुनुअघि सार्वजनिक एजेन्डामा सरकारका काममा कोभिड १९ को नियन्त्रण, उपचार र रोकथाम सीमाका समस्या र समाधानका विषयमा छलफल हुनेछ।
सरकारको कामको समीक्षा पछि पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुनेछ। उक्त छलफलपछि मात्रै नेकपाभित्र निकै विवादित विषय एमसीसीले प्रवेश पाउनेछ।
स्थायी कमिटी बैठकको सुरुवातमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राख्नेछन्।
पार्टीमा उठिरहेका अन्य विविध विषयमा पनि कमिटीमा छलफल हुने बताइएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।