काठमाडौं– इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर मोइन वेस्ट इन्डिजविरुद्धको टेस्ट क्रिकेटका लागि क्लोज क्याम्पमा परेका छन्। एसेज सिरिज हुँदा इंग्ल्यान्ड टिम बाहिर रहेका मोइन अलीसँगै आठ नयाँ खेलाडी गरी इंग्ल्यान्डले ३० खेलाडीको नाम सार्वजनिक गरेको छ। आगामी जुलाईमा हुने वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि इंग्ल्यान्डका खेलाडीले जुन २३ देखि अभ्यास थाल्ने छन्।
क्लोज क्याम्पकै दौरानमा इंग्ल्यान्डले जुलाई १ पछि तीन दिन अभ्यास खेल खेल्ने छ। त्यसपछि वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टका लागि खेलाडीको अन्तिम टुंगो लाग्ने छ। लामो २०१९ को अगष्टदेखि टिम बाहिर रहेका मोइन अलीका लागि वेस्ट इन्डिजविरुद्धको टेस्ट क्रिकेटबाट पुनरामगन गर्दै टिममा फर्किने राम्रो अवसर मिलेको छ।
तीन खेलको टेस्ट सिरिजमा वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्ट जुलाई ८ देखि सुरु हुनेछ। त्यस्तै, दोस्रो टेस्ट १६ र तेस्रो टेस्ट जुलाई २४ तारिखबाट सुरु हुनेछ।मोइन अली इंग्ल्यान्डका अनुभवी र राम्रा खेलाडी हुन्। उनले टेस्ट क्रिकेटमा इंग्ल्यान्डका लागि ६० खेलमा ब्याटिङतर्फ ५ शतक र १४ अर्धशतकसहित २ हजार ७८२ रन बनाएका छन्। त्यस्तै बलिङतर्फ १८१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।