काठमाडौं- अध्यागमन विभागले गत चैत्र ८ गतेसम्म पर्यटन भिसा नियमित भएका विदेशी पर्यटकहरू अन्तर्राष्ट्रिय उडान सुरू भएको १५ दिनभित्र भिसा नियमित गर्न विदेशी पर्यटक अध्यागमन विभाग आइरहनु नपर्ने जनाएको छ। कोरोना महामारीलाई मध्यनजर गरी गृह मन्त्रालयले यस्तो निर्णय गरेको विभागले जनाएको हो।
बुधबार साँझ एक सूचना जारी गर्दै विभागले पर्यटन भिसा नियमित भएका विदेशी पर्यटकहरूको भिसा अन्तर्राष्ट्रिय उडान सुचारू भएको १५ दिनसम्म कायम रहनेगरी निःशुल्क नविकरण समेत गरिने भएको छ। भिसा नविकरण गर्नका लागि विदेशी पर्यटकले विभागले उल्लेख गरेको साइटबाटै गर्न सक्नेछन्।
योसँगै गत चैत ८ सम्म पर्यटक भिसा नियमित भई रूपान्तरण गर्न चाहनेहरू र यस अवधीमा म्याद समाप्त भएका सबै किसिमका भिसा पनि साउन ३० भित्र नियमित गरेमा कुनै विलम्ब शुल्क र जरिवाना नलाग्ने विभागले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।