काठमाडौं- थप २१ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा बुधबार ७:५० मा जारी सूचना अनुसार प्रदेशका दुई जिल्लाका २१ जनामा संक्रमण पुष्टि भएको हो।
नवलपरासी पूर्व र पर्वतमा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै भारतबाट फर्किएका सूचनामा उल्लेख छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।