काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८१ लाख ४५ हजार ४७ पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ३४ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ९ लाख २३ हजार १ सय ८९, रुसमा ५ लाख ४४ हजार ७ सय २५, भारतमा ३ लाख ४३ हजार ९१, बेलायतमा २ लाख ९९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ४ लाख ४० हजार ६ सय कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख १६ हजार ८ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै, ब्राजिलमा ४५ हजार २ सय ४१, बेलायतमा ४२ हजार ५४, इटालीमा ३४ हजार ४ सय ५ जनाको मृत्यु भएको छ।
विश्वभर ३९ लाख ३९ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक ५ लाख ८३ हजार ५ सय ३ जना छ।
त्यस्तै, ब्राजिलमा ४ लाख ८७ हजार ४४, रुसमा २ लाख ९३ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ६ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १ हजार १ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।