काठमाडौं- पिसिआर परीक्षण गरेरमात्र क्वारेन्टाइनबाट मानिस घर पठाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसले ज्ञापन पत्र बुझाएको छ।
मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेलगायतका माग राखी कांग्रेसका तर्फबाट बालकृष्ण खाणले सो ज्ञापन पत्र बुझाएका हुन्।
कोरोना परीक्षण‚ क्वारेन्टाइन व्यवस्थापन‚ कन्ट्याक्ट ट्रेसिङ‚ अस्पतालको व्यवस्थापन‚ सामग्रीको आपूर्ति र व्यवस्थापन‚ राहत वितरण‚ विदेशबाट नागरिकको उद्धार‚ रोजगारी‚ कृषि र खाद्य सुरक्षा‚ आर्थिक क्षेत्रलगायतका विषयमा विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाइएको छ।
कांग्रेसका तर्फबाट गगन थापा‚ बालकृष्ण खाँण‚ पुष्पा भुसाल‚ भीमसेनदास प्रधान र राजन केसी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।