काठमाडौं- आइतबार थप ६१ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
यीमध्ये ५५ जना पुरुष छन् भने ६ जना महिला हुन्। नारायणी अस्पतालमा उपचाररत १२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै पाटन अस्पतालमा उपचाररत १ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, रौतहटको गौरमा उपचाररत ९ जना समेत संक्रमणमुक्त भएका छन्। यस्तै डडेल्धुरामा उपचाररत ५ जना, दार्चुलाबाट १ जना, डोटीबाट १ जना, सेती प्रादेशिक अस्तपालबाट ६ जना, सहपूर्वा बाँकेबाट १६ जना र दाङमा उपचाररत ६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जाेगेश्वर गौतमले जानकारी दिए।
योसहित नेपालमा हालसम्म ९ सय ७४ जना उपचारपछि निको भएका छन्। यी मध्ये ८७७ जना पुरुष हुन् भने ९७ जना महिला हुन्।
नेपालमा शनिबारसम्म १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।