काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट ५ वर्षका बालकको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा निजगढ ६ का ५ बर्षीय बालकको वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार बिहान उनको रिर्पोट पोजिटिभ आएको जानकारी दिए।
नेपालमा हालसम्म १८ जना कोरोना संक्रमितको मृत्य भएको छ भने संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।