एजेन्सी- अमिताभ वच्चन र आयुष्मान खुरान अभिनित फिल्म गुलाबो सिताबो अनलाइनमा लिक भएको छ। कोरोना संक्रमण बढेसँगै सिनेमा हलहरु बन्द भएपछि सो फिल्म डिजिटल प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको थियो। हलमा रिलिज नभई डिजिटल प्लेटफर्ममा रिलिज हुने यो पहिलो हिन्दी फिल्म थियो।
फिल्मको एचडी भर्सन तामिलरकर्स नामको वेभसाइटमा लिक भएको हो। फिल्म शुक्रबारमात्रै रिलिज भएको थियो। रिलिज भए लगत्तै यसलाई लिक गराएपछि डिजिटल प्लेटफर्मको व्यापार समेत प्रभावित हुने भएको छ। तामिलरकर्सले आफ्ना युजर्सहरूलाई पाइरेटेड फिल्महरू उपलब्ध गराउँदै आएको छ।
अमिताभ र आयुष्मानले सँगै अभिनय गरेको यो पहिलो फिल्म हो। दुवै जनाको अभिनयलाई दर्शकहरूले रुचाइरहेका छन्। फिल्ममा अमिताभले एक पुरानो बंगलाको मालिकको भूमिका निभाएका छन् भने आयुष्मान भाडावालाको भूमिकामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।