 फाइल तस्बिर
                                        
                                            फाइल तस्बिर
                                        
                                    
                                                             
                            
                            काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुल कोरोना संक्रमितमध्ये ८५ प्रतिशतभन्दा धेरै भारतबाट आएका व्यक्ति भएको बताएका छन्।
प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सोही कारण नेपालमा संक्रमणको बाढी आएको बताए। पिसीआर र आरडिटी एकै पटक गर्न असम्भव भएको उनले बताए। लक्षण देखिएका वा नदेखिएका दुवैलाई क्वारेनटिनमा राख्नुपर्ने अवस्था भएको प्रधानमन्त्री ओलीले बताए।
उनले कोरोनालाई जितेर फर्किनेको संख्या उल्लेखनीय भएको बताए।
उनले नेपालमा ज्यान गुमाउने १५ जनाले कोरोनाकै कारण ज्यान नगुमाएको बताए। पहिला अन्य रोग भएको र पछि मृत्युपछि परीक्षण हुँदा देखिएको उनले दाबी गरे। ‘कोरोनाकै कारण मात्र १५ जनाको मृत्यु भएको छैन’, प्रधानमन्त्रीले भने, ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ, उपचारको प्रबन्ध पनि राम्रो भएको छ।’
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।