काठमाडौं- लकडाउनको स्वरुप परिमार्जन सम्बन्धी निर्णय गर्न आज दिउसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकबाट लकडाउनलाई खण्ड खण्ड बनाई सहज हुनेगरी प्रस्ताव तयार गरिएको एक मन्त्रीले बताए।
‘लकडाउनका विषयमा विभिन्न क्षेत्रका विज्ञले दिएका सुझाबलाई आइतबार प्रधानमन्त्रीले मन्त्रीहरुसँग लामो छलफल गर्नुभयो। विज्ञहरुले दिएको सुझाबलाई मन्त्रीहरुले पनि अध्ययन गर्नुभयो’, ती मन्त्रीले भने, ‘मन्त्रीहरुको समेत सुझाबलाई समेटेर मुख्य सचिवलाई लकडाउन मोडलको प्रस्ताव तयार गर्न जिम्मा दिएको छ। आज मुख्यसचिवले तयार पारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय हुन सक्छ।’
लकडाउनको मोडालिटी परिमार्जन गर्न स्वास्थ्य क्षेत्र, जनस्वास्थ्य क्षेत्र, आर्थिक, अर्थविद, नागरिक समाज लगायतका क्षेत्रका व्यक्तिहरुले सुझाव दिएका थिए। विज्ञहरुले दिएको सुझाबका आधारमा लकडाउनको मोडाजिटी परिमार्जन गर्नुपर्ने मनस्थिति सरकारले बनाएको छ।
सरकारले लकडाउन लगाए पनि पछिल्लो समय जनस्तरबाट उल्लंघन हुन थालेको छ। सरकारले थपेको पछिल्लो लकडाउनको समय जेठ ३२ गते सकिदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।