काठमाडौं– भोकमरी र बेरोजगारीको अन्त्यका लागि गाँउमुखी अर्थनीति आवश्यक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।
कोरोना संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार गरेको भर्चुअल संवादमा पौडेलले नागरिकको रोजगारी र आम्दानी गाँउमा नै पाउने अवस्थाको सिर्जना गरेमात्र अर्थतन्त्र जोगाउन सकिने बताए।
राज्यको भूगोलको पूनर्संरचना भएपनि सामाजिक र आर्थिक पुनर्संरचना हुन नसकेको बताए। राज्यको सामाजिक रुपान्तरण हुन नसकेकै कारण रुकुमको चौरजहारी घटना भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।