काठमाडौं - शाओमीले नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्ताको घोषणा गरेको छ। रेडमी नोट ९ प्रोले आइएसआरओको नेभिगेसन प्रणाली, न्याभइकलाई सपोर्ट गर्दछ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट ८ सिरिजले रेडमी नोटको विरासतलाई निरन्तरता दिदैँ नयाँ बेन्चमार्क कायम गरेर सबै भन्दा बढी खोजिने सिरिजको रूपमा विकसित भएको बताएका छन्।
रेडमी नोट ९ प्रोले यस सेगमेन्टमा अत्याधुनिक प्रदर्शन र परिष्कृत क्यामेरा अनुभव ल्याउँदै रेडमी नोट सिरिजको विरासतलाई अगाडि बढाउने कम्पनीले जनाएको छ। ८ एनएम प्रोसेस टेक्नोलोजीले यसलाई अन्य १२ एनएम चिपसेटहरूको तुलनामा स्थिर अधिकतम प्रदर्शनको लागि १-१.५ डिग्री कूलर चलाउन सक्षम राख्ने कम्पनीले जनाएको छ।
गुणस्तरमा उच्च प्राथमिकताका साथ, रेडमी नोट ९ प्रो सिरिजको अगाडि, पछाडि र रियर क्यामेरा लेन्सहरूमा ट्रिपल कर्निंग गोरिला ग्लास ५ राखिएको छ।
यसलाई पि २ आई, स्प्लेश प्रुफ न्यानो कोटिंग टेक्नोलोजीद्वारा सुरक्षित गरिएको र यसले तिनीहरूलाई आकस्मिक पानी छल्कनुबाट बचाउनुका साथै प्रबलित कर्नरहरूले दुर्घटनात्मक गिरावटको लागि उत्तम लचिलोपना प्रदान गर्ने कम्पनीले जनाएको छ।
रेडमी नोट ९ प्रो ६ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा इन्टरस्टेलर ब्ल्याक रंगमा २९ हजार ९९९ रूपैयाँमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।