काठमाडौं– नेपाली कांग्रेसले देश र प्रदेशको सीमालाई एउटै बास्केटमा राखेर नहेर्ने बताएको छ।
कांग्रेसले मंगलबार संसदमा दर्ता गराएको गैरसरकारी विधेयकमा प्रादेशिक सीमाको हेरफेर समेत संशोधन प्रस्तावमा राखिएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशोधनको प्रस्ताव व्यक्ति र दलका स्वभाविक हक भएको ट्विट मार्फत जनाएका छन्।
नेपाली कांग्रेसका मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने ८ सांसदले संविधान संशोधन विधेयक मंगलबार संसदमा दर्ता गराएको छन्। कांग्रेस मध्यमार्गी भएको र भविष्यमा पनि रहने शर्माले उल्लेख गरेका छन्।
नक्साको पक्षमा एक ढिक्का मतदानले राष्ट्रिय एकता मजबुत हुने जनाउँदै दायाँ/बायाँ र किन्तु/परन्तुलाई ठाउँ नहुने प्रष्ट्याएका छन्।
 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।