काठमाडौं- बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा बुधबार प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य विज्ञ, अर्थविद, योजना आयोगका पूर्व प्रतिनिधिहरुसँग गरेको छलफलका आधारमा लकडाउन परिमार्जनका विषयमा केही निर्णय हुनसक्ने एक मन्त्रीले बताए।
लकडाउन परिमार्जन गर्न उच्च स्तरीय समितिले मंगलबार आर्थिक क्षेत्र र नागरिक समाजका प्रतिनिधिसँग छलफल गरेको थियो। आर्थिक गतिविधिसँगै जनजीवन सामान्य बनाउन लकडाउन परिमार्जनका विषयमा छलफल हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।