काठमाडौं- आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच ५ बुँदे सहमति भएको छ। 
१४ जेठमा जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए।
चिकित्सकमाथि कुटपिट, दुर्व्यवहार र हुलहुज्जत गर्ने मुख्य दोषी तथा संलग्न सम्पूर्ण दोषीहरुलाई पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाहीको लागि यथाशीघ्र मन्त्रालयले पहल गरी तीन दिनभित्र कारबाहीको दायरामा ल्याउन गृहमन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ।
त्यस्तै, घटनापछि सिसिटिभी फुटेज गायब पारिएकाले नष्ट गर्ने वा बिगार्ने वा घटनाको प्रमाण मेट्ने प्रयास गर्ने वा रेकर्डिङमा बाधा पुर्याउने कार्यमा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई तीन दिनभित्र कारबाहीको दायरामा ल्याउन गृहमन्त्रालयलाई अनुरोध गर्ने सहमति पत्रमा उल्लेख छ।

                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।