काठमाडौं- आइतबार जोन्टा क्लबको वार्षिक साधारणसभा सम्पन्न भएको छ। इन्टरनेटको माध्यमबाटै गरिएको सभा क्लबका प्रमुख जोन्टियन सीमा गोल्छाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
क्लबले वर्षभर गरेका कार्यको समीक्षा भिडियो र प्रेजेन्टेसनको माध्यमबाट गरिएको थियो। कार्यक्रममा गत वर्ष शिक्षा क्षेत्रमा क्लबले गरेका काम‚ महिला हिंसा‚ बाल विवाहविरुद्धका कामहरूको समीक्षा गरिएको थियो।
साधारणसभाकै अवसरमा जोन्टाले केही नयाँ सदस्यहरू पनि थप गरेको छ। क्लबले कानुन‚ राजनीति‚ अर्थतन्त्र‚ शैक्षिक‚ स्वास्थ्य अधिकारका साथै महिला सशक्तीकरणमा जोड दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।