दैलेख- दुई दिनदेखि खान पिउन नपाएको भन्दै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन्।
भारतबाट आएका करीब १०० जना जिल्लाबासी सो क्वारेन्टाइनमा एक हप्तादेखि बस्दै आएका छन्। क्वारेन्टाइनमा रहेका राजकुमार खत्रीले आफूहरूले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको जिकीर गरे।
गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टाइनमा बस्नेहरूले दुःख दिएकाले मान्छेहरू भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।