काठमाडौं– संविधान संसोधनको प्रस्तावका विषयमा निर्णय लिन नेपाली कांग्रेसको बैठक शनिबार (आज) बस्ने भएको छ।
गत साता बसेको पदाधिकारी बैठकले पार्टीको संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णय गरेको थियो। गत बुधबार संसदमा पेश गर्न लागिएको संसोधन प्रस्तावको कार्यसूचि हटाइएको थियो। कार्यसूचि हट्नुमा कांग्रेसले समय मागेको कारण देखाइएको थियो।
कांग्रेसले कार्यसूचि बन्ने र हटाउने विषयमा कार्यव्यवस्था समितिमा छलफल नै नभएको जनाएको छ।
कांग्रेसका नेताहरुले नेपालको पूर्ण नक्साका पक्षमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने जनाएका छन्। केन्द्रीय सदस्य दिलेन्द्र बडुले औपचारिकताका लागि मात्रै केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी गराए।
निशान छाप नक्सा सच्याउनका लागि संविधानको अनुसूची ३ संशोधन गर्न संविधान संसोधन अनिवार्य छ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।